राष्ट्रपति र अध्यक्ष खनालबीच भेटबार्ता

काठमाडौं, १६ पुस । राष्ट्रपति डा.रामवरण यादव र एमाले अध्यक्ष झलनाथ खनालबीच राजनीतिक विषयमा परामर्श भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज विहान (सोमबार) भएको भेटबार्तामा राजनीतिक गतिरोधको अन्त्य र सहमतीय सरकारलगायतका विषयमा कुराकानी भएको हो । डा.यादव र खनालले मुलुकलाई राजनीतिक सहमतिबाटै निकास दिनुपर्ने निष्कर्ष समेत निकालेका छन् ।
भेट पछि सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष खनालले दलहरुको सहमतिमा नै निकास निकाल्नु पर्ने पक्षमा राष्ट्रपति डा.यादवले चिन्ता जनाको बताए । उनले भने, ‘विपक्षी दलहरुका कारण भन्दा पनि सत्ताधारी दलहरुले सहमति चाहँदैनन् ।’
प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकार हट्नु पर्ने आफूहरुको पुरानै प्रस्ताव रहेको उनको भनाई थियो ।
सहमतीय सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमा एक महिना भन्दा बढि वितिसक्दा समेत दलहरुका अडानका कारण निकास आउन सकेको छ । भारत भ्रमण सकेर आएका डा.यादवले आइतबार एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरुसँग परामर्श गरेका थिए । त्यस लगत्तै आज उनले एमाले अध्यक्ष खनालसँग अलग परामर्श गरेका हुन् ।

प्रतिक्रिया