‘बैशाखमा निर्वाचन हुन नदिने खेल’

विराटनगर, १३ पुस । एमालेका अध्यक्ष झलनाथ खनालले अध्यक्ष खनालले एमाओवादी र मधेसी मोर्चा दुबै सत्ता लम्ब्याउने खेलमा लागेको बताएका छन् ।
विराटनगरमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले सत्ता लम्बाउन एमाओवादी र मधेसी मोर्चा आगामी वैशाखमा निर्वाचन हुन नदिने षड्यन्त्रमा लागेको दाबी गरे ।
‘राजनीतिक सहमति नहुने हो भने अब आन्दोलन गर्नुको विकल्प छैन,’ उनले भने, ‘राष्ट्रपति भारतबाट फर्किएलगत्तै सहमतिको प्रयास थालिने छ ।’ सहमति नभए आन्दोलन चर्काउने उनले बताए ।
खनालले एमाओवादीले सत्ता लम्ब्याउन राजनीतिक सहमति बिथोलिरहेको आरोप समेत लगाए । उनले भने, ‘तानाशाही सत्ता लाद्नका लागि विभिन्न जालझेलमा एमाओवादी लागिरहेको छ ।’

प्रतिक्रिया