थापा र डिसीलाई ‘हरिततारा’

काठमाडौं : हरिततारा चलचित्र पुरस्कार कलाकार सुनील थापा र दिनेश डिसीलाई प्रधान गरिने भएको छ । ०५२ सालबाट हरिततारा चलचित्र गुठीले यो पुरस्कार प्रदान गर्दै आएको छ ।
विगत तीनदशकदेखि नेपाली चलचित्रमा अविछिन्न रूपमा पुर्‍याएको योगदानको कदर गर्दै थापालाई र डिसीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । गुठीका संरक्षक मनोज शमशेर जबराको अध्यक्षतामा गत सोमबार बसेको बैठकले थापा र डिसीलाई उक्त पुरस्कार दिन निर्णय गरेको हो । पुरस्कारको राशी जनही २५ हजार रुपियाँ रहेको छ ।
यसअघि मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, शान्ती मास्के, शिव श्रेष्ठ, रविन्द्र खड्का, जयनन्द चन्द ठकुरी, वसुन्धरा भुसाल, शकुन्तला शर्मा, मिनाक्षी आनन्द, विश्व बस्नेत, श्रीकृष्ण श्रेष्ठ, दीपकराज गिरी र दीपाश्री निरौलालगायत यस पुरस्कार द्वारा सम्मानित भइसकेका छन् । पुरस्कार माघको तेस्रो साता प्रदान गरिने हरिततारा गुठीले जनाएको छ । ६ लाख रुपियाँको अक्षयकोष रहेको यस पुरस्कार चलचित्रसँग सम्बन्धित रहेर स्थापना गरिएको निजी क्षेत्रको पहिलो पुरस्कार हो । (सौस)

प्रतिक्रिया