प्रधानमन्त्रीसँग भेट्दा आलोचनाः थापा

काठमाडौं, ११ पुस । कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब बहुमतबाट प्रधानमन्त्री छान्ने प्रक्रिया सुरु गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले थोरै दिनको अल्टिमेटम दिएर कांग्रेस आन्दोलनमा जानु पर्ने बताए । एमाओवादीले बैशाखमा निर्वाचन नचाहेका कारण बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्नुपर्ने उनको भनाई थियो ।
उनले प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेर पार्टी सभापति सुशील कोइरालाका लागि नयाँ प्रस्ताव लगेका विषयमा आफूले आलोचना खेपिरहेको बताए । ‘एमाओवादीले कांग्रेसलाई धोका दिएको छ,’ उनले भने, ‘अब कांग्रेस बार्ता प्रक्रियाबाट बाहिरिएर आन्दोलन गर्नु पर्छ ।’

प्रतिक्रिया