‘क.प्रचण्ड प्रधानमन्त्री बन्नु हुँन्न’

काठमाडौं, ११ पुस । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालले आफ्ना बाबु कदापि प्रधानमन्त्री नबन्ने दाबी गरेका छन् ।
पुत्र प्रकाशद्वारा आज करिव पौने १२ बजे सामाजिक सञ्जाल फेसबुकको लाईक पेजमा राखेको स्टाटसमा आफ्ना बाबु प्रचण्ड कुनै पनि हालतमा प्रधानमन्त्री नबन्ने बताएका हुन् । उनले सो विषयलाई लिएर आफ्ना बाबु प्रचण्डका विरुद्ध गलत प्रचार नगर्न पनि सुझाव दिएका छन् ।
‘कुनै पनि हालतमा क. प्रचण्ड प्रधानमन्त्री बन्नू हुन्न,’ स्टाटसमा भनिएको छ, ‘कसैले दुष्प्रचार नगर्दानै उपउक्त छ ।’
संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने संकेत गरिरहेका बेला पुत्र प्रकाशले प्रचण्ड कदापि प्रधानमन्त्री नबन्ने दाबी गरेका हुन् ।
उता, एमाओवादीका नेता एवं प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले समेत मुलुकलाई राजनीतिक निकास दिने विषयमा प्याकेजमा सहमति नभए प्रचण्डलाई प्रधानमन्त्री उम्मेदवारका रुपमा अघि बढाउने सार्वजनिक अभिव्यक्ति दिई सकेका छन् ।

प्रतिक्रिया