बैंकको पैसा गाडी चालकको घरमा

दाङ, ९ पुस । गत शुक्रबार दाङको तुलसीपुरस्थित बैंक अफ काठमाडौंबाट लुटिएको पैसा बैंककै कर्मचारीको घरमा फेला परेको छ ।
अनुसन्धानका क्रममा प्रहरीले बैंककै गाडी चालक अमर बोहराको कोठामा लुकाई राखेको अवस्थामा रकम फेला पारेको दाङका प्रहरी प्रमुख लोकेन्द्र मल्लले जानकारी दिए । करिव २ करोड ६ लाख रुपियाँ बैंकबाट लुटिएको थियो ।
गाडी चालक बोहराको तुलसीपुर नगरपालिका–४, शिवनगरमा रहेको कोठामा लुकाई राखेको अवस्थामा पैसा फेला पारेको हो ।
बराबद गरीएको पैसा अहिले गन्ने कार्य जारी छ । यस अघि बैंककै कर्मचारीले तीन जनाको संख्यामा आएका हतियारधारी समूहले आफूहरुलई नियन्त्रणमा लिएर पैसा लुटेको बताउँदै आएका थिए ।

प्रतिक्रिया