पर्साका सरकारी विद्यालय बन्द

वीरगन्ज, ८ पुस । चिसोसँगै शीतलहर बढेका कारण पर्सा जिल्लाका सबै विद्यालय १० दिनका लागि बन्द भएका छन् ।
जिल्ला शिक्षा कार्यालय पर्साले आज देखि पुस–१७ गते सम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो । जाडो बढे पछि पठनपाठनमा समस्या भएको भन्दै विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालय पर्साले जनाएको छ । दश दिनको विदा वर्षे विदामा समायोजन जनाईएको छ ।
शिक्षा कार्यालय पर्साका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरे पनि अधिकांश निजी विद्यालय भने सञ्चालनमा छन् । प्याब्सन पर्साका अध्यक्ष इमामुदिन अहमदले निजी विद्यालयहरु बन्द नगरिएको बताए ।

प्रतिक्रिया