कृष्णप्रसाद भट्टराईको जन्मजयन्ती

काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ८९ औं जन्मजयन्ती आज मनाईदै छ ।
नेपाली राजनीतिमा निष्ठा र इमान्दारीताको पर्यायका रुपमा चिनिने सन्त नेता भट्टराईको जन्म सन् १९२४ मा भारतको बनारसमा भएको थियो । पिता संकटाप्रसाद र माता ललीता देवीको कोखबाट उनको जन्म भएको हो ।
उनले राणा र पञ्चायतविरुद्ध अनवरत संघर्र्षका क्रममा लामो समय जेल जीवन बिताएका थिए । २०४६ सालको जनआन्दोलन सफल भएपछि उनकै नेतृत्वमा २०४७ सालको संविधान मुलुकले प्राप्त गरी संसदीय प्रजातन्त्रको अभ्यास भएको थियो ।
२०४७ बैशाख ६ गते गठीत अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि कृष्णप्रसाद भट्टराई दुई पटक प्रधानमन्त्री बनेका थिए । २०४७ सालको संविधान निर्माण र छोटो संक्रमणका बीचमा तात्कालीन शक्तिहरुबीच समन्वय कायम गरी मुलुकलाई अस्थीरताबाट विकासको बाटोमा लैजान उनको योगदान छ । उनको २०६७ साल फागुन २० गते निधन भएको थियो ।

प्रतिक्रिया