राष्ट्रपति आइतबार भारत जाने

काठमाडौं, ६ पुस । सरकारले पुस–८ गते देखि हुने राष्ट्रपति डा.रामवरण यादवको भारत भ्रमणलाई स्वीकृत गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले राष्ट्रपति डा.यादवको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । बनारस हिन्दू विश्वविद्यालयको कार्यक्रममा भाग लिन डा.यादव आइतबार वाराणसी जाँदै छन् ।
२२ सदस्यीय भ्रमण टोलीमा सिंचाई मन्त्री महेन्द्रप्रसाद यादव, डा.यादवका छोरा चन्द्रमोहन यादव, बुहारी रेश्मी यादव र नाती नमन यादवलगायत छन् ।
डा.यादवकी छोरी अनिता यादव, सल्लाहकार हरि शर्मा, प्रेस सल्लाहकार राजेन्द्र दाहाल, स्वकीय सचिव ललित बस्नेत, राष्ट्रपति कार्यालयका सचिव शीतलबाबु रेग्मी, परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई पनि छन् ।

प्रतिक्रिया