अवधि र पुँजी थप गर्ने योजना

काठमाडौं, ३ पुस । लगानी बोर्डले अरुण तेस्रो, माथिल्लो मस्र्याङ्दी–२ र माथिल्लो कर्णाली जलविद्युत आयोजनाका प्रवर्धकहरुको अवधि थप गर्ने विषयमा लचकता देखिएको छ ।
बोर्डको आज सिंहदरबारमा बसेको बैठकले आयोजनाहरुको अवधि थप्ने, पूंजी बढाउने र भारतमा सम्पर्क कार्यालय खोल्न दिनेबारे छलफल गरेको स्रोतले जनाएको छ । बोर्डले सो विषयमा निर्णय गरे त्यसले मुलुकलाई दीर्घकालीन असर पुराउने छ ।
तीन आयोजना मध्ये माथिल्लो कर्णाली र माथिल्लो मस्र्याङ्दी–२ मा भारतीय कम्पनी जीएमआरको लगानी रहेका छन् । अरुण तेस्रो भारतीय कम्पनी सतलजले नै लगानी गरेको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईले विशेष प्राथमिकताका क्षेत्रमा लगानी सहज बनाउन आफ्नै अध्यक्षतामा लगानी बोर्ड गठन गरेका थिए । १० अर्ब भन्दा माथिका आयोजनालाई लगानी बोर्डले हेर्ने गर्दछ ।

प्रतिक्रिया