अनाथलाई ब्युटिसियनले सिगारे

काठमाडौं : करिब दुई दर्जन ब्युटिसियनले अनाथ तथा असहाय बालबालिकालाई सिँगारेका छन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन काठमाडौं जिल्लाका अध्यक्ष शारदा श्रेष्ठ शाक्यको नेतृत्वमा गएको ब्युटिसियनको टोलीले काठमाडौं सिफलस्थित बालसंरक्षण गृहमा आश्रित असहाय–अनाथ बालबालिकालाई कोरीबाटी चिटिक्क पारेर सिँगार्ने काम गरेका छन् । नि:शुल्क रूपमा गरिएको सो कार्यमा २२ ब्युटिसियन सहभागी थिए । उनीहरूले गृहमा आश्रित बालबालिकाको हेयर कटिङ, हेयर–स्टाइल मिलाइदिएर चिटिक्क पारिदिए ।
सानैबाट कोरीबाटी र चिटिक्क बन्ने सरल तरिका बालबलिकालाई सिकाएर उनीहरूलाई सफा–सुघ्गर रहन आफूहरूले ज्ञान दिएको अध्यक्ष शाक्यले बताइन् । उनले यस्ता कार्यक्रम त्रैमासिक रूपमा विभिन्न अनाथालय तथा वृद्धाश्रममा गर्ने योजना रहेको जानकारी पनि दिइन् । टोलीमा राष्ट्रिय सौन्दर्यकर्मी युनियनका सल्लाहकार हेयर स्टाइलिस्ट नारायण नापितको समेत सहभागिता थियो । (सौस)

प्रतिक्रिया