सिन्धुपाल्चोक : अदालतको मानहानि हुनेगरी समाचार प्रकाशन र प्रसारण भएको जिल्लामा क्रियाशील ६ जना पत्रकारविरूद्ध मुद्दा परेपछि जिल्ला अदालतले तीन दिनभित्र सबुत प्रमाणसहित अदालतमा हाजिर हुन म्यादपुर्जी काटेको छ ।
सोमबार जिल्ला अदालतले पत्रकारहरूलाई म्यादपुर्जी काटेको हो । अधिवक्ता मधुकर मल्लले पत्रकारलाई विपक्षी बनाई केही दिनअघि अदालतमा मुद्दा दायर गरेका थिए । विभिन्न समाचारमा अदालतको मानहानि भएको भन्दै मल्लले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका कोषाध्यक्ष दिनेश थापा, सौर्य दैनिकका संवाददाता विमल नेपाल, पत्रकार ङेम्लिङ लामा, बाजुराम थापामगर, डिजाइनर प्रभात श्रेष्ठविरुद्ध मुद्दा दायर गरेका थिए । गैरनेपालीलाई नागरिकता सिफारिस गर्ने सिन्धुकोट गाविस सचिव नवराज सेनले आफूले न्यायाधीशलाई पैसा दिएको भन्ने भनाइसहितको समाचार स्थानीय सिन्धुप्रवाह साप्ताहिकमा प्रकाशन भएपछि मल्लले अदालतको मानहानि भएको भन्दै मुद्दा दर्ता गराएका थिए । (सौस)
प्रतिक्रिया