शिक्षकको विज्ञापन किन ?

लामो समयदेखि शिक्षकको विज्ञापन गर्न सकिएको थिएन । शिक्षा ऐन संशोधन हुन नसक्दा विज्ञापन हुन नसकेको हो । तर, अहिले सरकारले शिक्षा नियमावली संशोधन गरेर खुला प्रतिस्पर्धाका लागि विज्ञापन गर्न बाटो खोल्यो । १७ वर्षपछि पहिलो पटक खुला प्रतिस्पर्धाका लागि विज्ञापन गर्ने तयारीमा लागेका छौँ । जसको लागि शिक्षा मन्त्रालयसँग कहाँ कुन शिक्षक खाली छन् भन्ने विवरण माग गर्न पत्र पठाइसकेका छौँ । शिक्षा मन्त्रालयले शिक्षक दरवन्दीका लागि विवरण हामीलाई पेस गरेपछि पुसको दोस्रो हप्तासम्म विज्ञापन गर्छौं ।
खुला प्रतिस्पर्धा भएको कारण यसमा सबैको सहभागिता हुन्छ । शैक्षिक योग्यता राम्रा भएका मानिस शिक्षण पेसामा प्रवेश गर्नेछन् र राम्रा शिक्षकको पनि छनोट गर्न पाइन्छ । त्यस्ता शिक्षक आएपछि पक्कै पनि शिक्षामा पनि गुणस्तर कायम गर्न सकिन्छ । अहिले शिक्षक हुनका लागि लाखौँले शिक्षक अनुमति पत्र लिएर बसेका छन् । तिनीहरूलाई अब राहत हुनेछ ।
अस्थायी शिक्षकलाई स्थायी गराउने प्रक्रिया पनि गर्छौं तर सबैलाई स्थायी गर्दैनाँै । आन्तरिक विज्ञापन खोलेर योग्य, गुणस्तर शिक्षकलाई मात्र स्थायी गर्नेर्छाैं । अन्यलाई केही सेवा दिएर बिदा गर्ने तयारी आयोगको छ । आन्तरिक विज्ञापन खोल्नको लागि शिक्षा ऐनमा संशोधन हुनपर्दछ । त्यो राष्ट्रपति कहाँ अडकिएर बसेको छ ।

प्रतिक्रिया