खनाल र अमेरिकी राजदूतबीच भेटबार्ता

काठमाडौं, २७ मंसिर । एमाले अध्यक्ष झलनाथ खनालसँग नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोड्डीले भेटबार्ता गरेका छन् ।
राजधानीमा आज विहान भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको अध्यक्ष खनालको निजी सचिवालयले जनाएको छ । राजदूत बोड्डीले दलहरु मिलेर जानुपर्नेमा आफूहरुको धारणा रहेको समेत जनाए ।
भेटमा राजदूत बोड्डीले नेपाल र नेपाली जनताप्रति अमेरिकाको सधै सहयोग रहने जनाए । जवाफमा अध्यक्ष खनालले अमेरिकाले नेपालप्रति देखाएको सद्भावको सराहना गरेका थिए ।

प्रतिक्रिया