वलात्कार पछि हत्या भएको प्रहरी आशंका

रौतहट, २४ मंसिर । रौतहटको चन्द्रनिगाहपुर–५, चाँदी नदीको किनारमा एक यूवतीको शव आज विहान फेला परेको छ ।
अन्दाजी २४ वर्षीया यूवतीको शव अधिकांश भाग कुहीएको तथा स्यालले खाएको अवस्थामा रहेकाले पहिचान हुन सकेको छैन । उनको मृत्यु वा हत्या के भएको हो भन्ने बारेमा अनुसन्धन जारी रहेको प्रहरी भनाई छ ।
नदी किनारमा आज बिहान स्थानीयले कुहिएको बेवारिसे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार यूवतीको शव बाहिरबाट ल्याएर फालेको हुन सक्ने आशंका छ । वलात्कार पछि यूवतीलाई हत्या गरेर फालेको हुन सक्ने प्रहरीको प्रराम्भीक अनुमान छ ।
पहिचानका लागि शवलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल गौर पठाईएको छ ।

प्रतिक्रिया