खिलाडीमा सोनाक्षी

नयाँ दिल्ली : अभिनेत्री सोनाक्षी सिन्हा बलिउडका ‘खेलाडी कुमार’ अक्षयसँग फेरि देखिने भएकी छन् । उनी तमिल चलचित्र थुपक्कीको हिन्दीमा रिमेक बनाउन लागिएको चलचित्र ‘खिलाडी’मा अक्षयका साथमा देखिन लागेकी हुन् । अक्षयसँग यो उनको तेस्रो चलचित्र हुनेछ ।
‘गजनी’ निर्देशन गरेका आर मुरुलदासको यो दोस्रो हिन्दी चलचित्र हो । ‘गजनी’ बलिउडमा निकै सफल मानिएको थियो । यस अगाडि रिमेक खेलाडीका लागि अभिनेत्री परिणति चोपडाले अभिनय गर्ने चर्चा थियो । तर, पछि परिणतिका एक आफन्तले उनले यस चलचित्रमा काम नगर्ने बताएका थिए । चलचित्रमा कलाकारको छनोटका समयमा आफ्नो नाम चलचित्रका लागि सिफरिस नगरेका कारण सोनाक्षी अक्षयसँग रिसाएकी पनि थिइन् । यस कारण सोनाक्षीले चलचित्र ‘जोकर’को प्रमोसनमा अक्षयलाई साथ नलिने समेत बताएकी थिइन् ।
सूत्रअनुसार सोनाक्षी पहिले चलचित्रकी नायीकाका रूपमा छनोटमा परेकी थिइनन् । चलचित्र जोकर, राउडी राठोर र ओ माई गड मा अतिथिको भूमिका निर्वाह गरेकी सोनाक्षीलाई अक्षयले चलचित्रमा सिफारिस गर्छन् भन्ने लागेको थियो । तर, अक्षयले त्यसो नगरेकाले उनि रिसायकी पनि थिइन् । तर, अब यो फिल्म पाएपछि सोनाक्षी र अक्षयबीच सम्बन्ध सहज बन्दै गएको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया