कार्लाको गायनमा फर्कने चाहना

चर्चित गायिका तथा फ्रान्सकी पूर्वप्रथम महिला कार्ला ब्रुनी फेरि एकपटक आफ्नो गायन करियरलाई रिवाइन्ड गर्नेतिर ध्यान दिन थालेकी छन् । पछिल्लोपटक आफ्ना श्रीमान् निकोलाई सार्कोजीले राष्ट्रपति चुनाव हारेकाले पनि उनले गायनमा पुन: फर्किने सम्भावना देखाएकी हुन् । राष्ट्रपति चुनावमा हारेका सार्कोजीलाई राष्ट्रपति निवाससमेत खाली गर्न भनिएको छ । कार्ला अहिले सो भबनबाट आफ्ना सामान हटाउन ब्यस्त छिन् ।
फ्रान्सबाट निस्कने एक पत्रिकालाई अन्तरवार्ता दिँदै ब्रुनीले राष्ट्रपति निवासमा रहँदाको अनुभव अलौकिक भएको बताएकी छन् । उनले अब सामान्य नागरिकसरह जीवन निर्वाह गर्ने इच्छा भएको बताएकी छन् । (एजेन्सी)

प्रतिक्रिया