रातो पाण्डाका अवैध कारोबारी पक्राउ

काठमाडौं, २१ मंसिर । प्रहरीले काठमाडौंको पुरानो गुहेश्वरी चोकबाट आज दुर्लभ बन्यजन्तु रातो पाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।
रातो पाण्डाको छालाको अवैध कारोबार हुँदै छ भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाबाट खट्टिएको टोलीले दुई जना युवालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका युवासँग दुर्लभ बन्यजन्तु रातो पाण्डाको छाला ३ थानसहित बरामद भएको छ ।
पक्राउ पर्नेहरुमा रसुवा जिल्ला भोर्ले–२ बस्ने १८ वर्षीय किशोर तामाङ र रसुवा जिल्ला धुन्चे–९ बस्ने २६ वर्षीय मिङगमार लामा रहेका छन् ।
बरामद रातो पाण्डाको छाला २ लाख रुपियाँमा बेच्न ल्याएको प्रारम्भीक अनुसन्धानबाट खुलेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक देवेन्द्र सुवेदीले जानकारी दिए । (फाईल तस्विर)

प्रतिक्रिया