एक सय पैंतीस टहरा जलेर नष्ट

झापा, १९ मंसिर । झापाको बेलडाँगी–२ स्थित भुटानी शरणार्थीमा आज भिषण आगलागी भएको छ ।
भुटानी शरणार्थी शिविर क्याम्प सि–४ मा दिउसो १३ बजेर ३५ मिनटमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट अन्दाजी १ सय ३५ वटा टहराहरु जलेर नष्ट भएका छन् । प्रहरीले थप आगलागी हुन नदिने केही टहरा समेत भत्काएको थियो ।
सुरक्षाकर्मी, स्थानीय र चार वटा दमलकको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया