भट्टराईका पक्षमा माहोल बनाउँदै दाहाल

काठमाडौं, १८ मंसिर । एमाओवादीले अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारलाई नै सहयोग गर्न कांग्रेस सभापति सुशील कोइरालासँग आग्रह गरेका छन् ।
कोइराला निवास महाराजगञ्जमा आज भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी हुन सुझाव दिएका हुन् । भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष दाहालले वर्तमान भट्टराई सरकारमा कांग्रेसलाई पनि सहभागी हुन आग्रह गरेको बताए ।
‘प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई सहमतीय बनाउँन कांग्रेससँग प्रस्ताव गरेको छु,’ उनले भने, ‘भट्टराईकै पक्षमा सहमति बन्न नसके मात्रै अरु बिकल्प खोजौंला ।’
जवाफमा सभापति कोइरालाले प्रधानमन्त्री भट्टराईकै नेतृत्वमा सहमतीय सरकार बनाउँन नसकिने बताए । उनले भने, ‘यथास्थितिमा मुलुकले निकास पाउँन सकिँदैन ।’
भट्टराई सरकारलाई नै सहमतीय बनाउँनु पर्ने निर्णय गरेको एमाओवादीले सोही विषयमा सहमति खोज्न पहल थालेको छ । अध्यक्ष दाहालले भट्टराई सरकारलाई नै सहमति बनाउँन अभियान सुरु गरेका हुन् ।

यसैबीच, प्रधानमन्त्री बाबुराम भट्टराईले पनि सभापति कोइरालासँग भेट गरेका छन् । भेटमा संवैधानिक निकाय रिक्त हुन लागेका विषयमा कुराकानी भएको बुझिएको छ ।

प्रतिक्रिया