लुटपाट गर्ने दुई जना पक्राउ

ओखलढुंगा, १७ मंसिर । ओलखढुङगाको खिजी चण्डेश्वरी–१ मा लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोरखा जिल्ला घर बताउने अमर गुरुङ्ग र कुमार गुरुङ्गलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्न उनीहरुका तीन जना साथी भने फरार छन् ।
खिजी चण्डेश्वरी–१ बस्ने मदनबहादुर सुनुवारको घरमा आज विहान २ बजे उनी ५ जनाको समूहले लुटपाट गरेको थियो ।
उनीहरुले करिव साढे दुई लाख नगद, ४ थान खुकुरी, सुन १ तोला, ३ वटा मोवाइललगायतका सामान लुटपाट गरेका थिए ।

प्रतिक्रिया