बाबुराम भट्टराईलाई प्रधानमन्त्री नमान्ने


काठमाडौं, १७ मंसिर । कांग्रेस सभापति सुशील कोइराला र नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलबीच आज भेटबार्ता भएको छ ।
कोइराला निवास महाराजगञ्जमा भएको भेटमा सहमतीय सरकार र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको हो । भेटका क्रममा सभापति कोइरालाले नेकपा–माओवादीसँग कांग्रेस नेतृत्वमा बन्ने सहमतीय सरकारलाई सहयोग गर्न आग्रह गरेको नेता देब गुरुङले जानकारी दिए ।
जवाफमा नेकपा–माओवादी उपाध्यक्ष गजुरेलले सहमतिमा कांग्रेसले नेतृत्वपाए सहयोग गर्न तयार रहेको बताए ।

सभापति कोइरालाले विपक्षी दलहरुबाट सरकारको नेतृत्व बनाउनु पर्ने बताए । उनले भने, ‘वर्तमान सरकारकै नेतृत्वमा सहमतीय सरकार बन्न सक्दैन ।’
कोइराला र गजुरेलबीच प्रधानमन्त्री बाबुराम भट्टराईलाई सहयोग गर्न नसकिने सहमति भएको नेता गुरुङले बताए ।
कांग्रेस नेतृत्वमा सहमतीय सरकार बनाउन परामर्श चलिरहेका बेला सभापति कोइराला र उपाध्यक्ष गजुरेलबीच भेटबार्ता भएको हो ।

प्रतिक्रिया