६ घर जलेर नष्ट

राजविराज, १७ मंसिर । सप्तरीको इनर्वाफुलबरिया–७ मा शनिबार भएको आगलागीमा १० घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट ५ परिवारको १० घर तथा घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचरलगायत सामान पूर्णरूपमा जलेर नष्ट भएको हो । गुलाबचन्द्र चौधरीको गोठमा बालेको घुरबाट उडेको झिल्काबाट सुरु भएको आगोले छिमेकी रामबहादुर चौधरी, चन्द्रेश्वर चौधरी, महेन्द्र चौधरी र राजकुमार चौधरीको १० घर जलेर नष्ट भएको इन्स्पेक्टर कुशबहादुर थापाले जानकारी दिए ।
बिहान करिब ३ बजे सुरु भएको आगलागी स्थानीयवासी, प्रहरी तथा राजविराज नगरपालिकाको वारुणयन्त्रको सहयोगले २ घन्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीमा करिब १० लाख रुपियाँ बराबरको क्षति भएको बताइएको छ ।
यस्तै, मलेठ–२ निवासी रामनरेश सिंहको घरमा शनिबार बिहान आगलागी हँुदा करिब एक लाख रुपियाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीमा सिंहको घर र धनमाल जलेको थियो ।

प्रतिक्रिया