कांग्रेसले तीन दिन शोक मनाउने

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य भीमबहादुर तामाङको निधन भएको शोकमा तीन दिन सम्म पार्टीका औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा आज बसेको आकस्मिक बैठकले तीन दिन सम्म पार्टीको झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेको केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले जानकारी दिईन ।उनले भोलिबाट तीन दिन सम्म पार्टी आधा झुकाउने बताईन् ।

‘तीन दिन सम्म पार्टीका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको छ,’ उनले भनिन्, ‘मुलुक भरिका पार्टी कार्यालयले शोक मनाउँ छन् ।’
नेता तामाङको निधनप्रति गहिरो शोक व्यक्त गर्दै कांग्रेसले पार्टीलाई गम्भीर क्षतिपुगेको उल्लेख गरेको छ । उसले शोकसन्तप्त परिवारप्रति समवेदशना समेत प्रकट गरेको छ ।

प्रतिक्रिया