अपहरणकारीबाट फुत्किए बालक

राजविराज, १६  मंसिर । अपहरणमा परेका बालक अपहरणकारीको कब्जाबाट उम्किएका छन् ।
बुधबार अपहरणमा परेका सप्तरी बसबिट्टी–८ घर भई राजविराज–५ मा बस्दै आएका १३ वर्षीय दीपककुमार दास बिहीबार राति अपहरणकारीको कब्जाबाट उम्कन सफल भएका हुन् । अपहरणकारीले नकटी रायपुरस्थित रुपनी बजारमा गाडी रोकेर नास्ता खान थालेपछि दास भाग्न सफल भएका हुन् । गाडीको झ्याल खोलेर उनी भाग्न सफल भएका हुन् । राजविराजस्थित प्रिमियर बोर्डिङ स्कुलमा कक्षा ७ अध्ययनरत दास बिहीबार साँझ घरनजिकैको फुटबल खेल्ने मैदानबाट तीनजनाको समूहमा आएकाबाट अपररहणमा परेका थिए । दास शुक्रबार बिहान बाबुआमाको सम्पर्कमा आएका हुन

प्रतिक्रिया