इलाममा दूध बोकेको गाडी दुर्घटना

इलाम, १५ मंसिर । मेची राजमार्ग अन्र्तगत इलामको कोल्वुङ्गमा आज दूध बोकेको गाडी दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
इलामवाट दूध लिएर विराटनगरतर्फ जाँदै गरको मे १ ख ३१५५ नम्बरको गाडी कोल्बुङ्ग–२, सीपीटार भन्ने स्थानमा विहान १० बजे दुर्घटना हुँदा मोरङ्ग टंकीसीनवरी निवासी चालक उद्धव कट्वालको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गाडीका सहचालक सिरहा निवासी १७ वर्षीय सरण मण्डल गम्भीर घाइते भएका छन् । उनको मनमोहन मेमोरियल अस्पताल झापामा उपचार भइरहेको छ ।

प्रतिक्रिया