प्रधानमन्त्री पद बाँड्दै हिड्नुभएनः पोखरेल

रुकुम, १४ मंसिर । एमाले महासचिव ईश्वर पोखरेलले एमाओवादीले प्रधानमन्त्रीको पद बाँड्दै हिड्न नहुँने बताएका छन् ।
प्रेस चौतारी रुकुमले आज खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राजनीतिक सहमति गरेर सरकारको नेतृत्व टुङगो लगाउनु पर्ने बताए ।
‘प्रधानमन्त्री पद एमाओवादीको मात्र पेवा होइन,’ उनले भने, ‘एमाआवादीले प्रधानमन्त्री पद फलानोलाई दिन्छु भन्दै हिड्नु हुँदैन ।’
प्रधानमन्त्री बाबुराम भट्टराई कामचलाउ भईसकेकाले राजीनामा आवश्यक नरहेको पोखरेलको भनाई थियो ।
सहमतीय सरकारको नेतृत्व कांग्रेसले पाउनु पर्ने बताएका उनले प्रधानमन्त्रीको उम्मेदवार छिटो घोषणा गर्न सुझाव दिए । उनले एमाओवादीले फेरि पनि सरकारको नेतृत्व दाबी गर्न नसुहाउने बताए ।

प्रतिक्रिया