तेल उत्पादन रोकियो

मकवानपुर : जंगली जडीबुटीबाट उत्पादन गरिने तेलको उत्पादन बन्द भएको छ । मकवानपुरको नामटार गाविस–३ अधोरमा स्यानियको पहलमा थालिएको धसिङगारेको तेल उत्पादन कार्य बन्द भएको हो ।
जडीबुटीमा ज्ञान भएका स्थानीय केही व्यक्तिको पहलमा सञ्चालनमा रहेको धसिङगारे तेल प्रशोधन केन्द्र कच्चा पदार्थको अभाव र उचित बजार अभावका
कारण बन्द भएको हो । मसाजका लागि प्रयोग हुने तेलको प्रतिकेजी एक हजार पाँस सय बराबर पर्ने भए पनि सरकारको उचित निगरानीको अभावका कारण उत्पादन बन्द भएको सञ्चालक कृष्ण बम्जनले बताए ।
०६४ सालमा स्थानीयको करिब चार लाख रुपियाँको लागतमा स्थापना गरिएको उत्पादन केन्द्रमा आवश्यक कच्चा पदार्थमा सामुदायिक वनले लगाएको करका कारण पनि उत्पादनमा समस्या आएको बताइएको छ । जिल्लामा पहिलोपटक स्थापना भएको केन्द्रले डेढ केजी तेल उत्पादनका लागि पाँच क्विन्टल धसिङगारे (जडीबुटी) लाई चार घन्टासम्म पकाउनु पर्ने सञ्चालक बम्जनले जानकारी दिए । प्रतिकेजी २५ पैसा रहेको कर अहिले ५० पैसा बनाएपछि समस्या आएको छ ।
उत्तरी क्षेत्रको करुणाभूमि अघोर महभिर सामुदायिक वनमा पाइने कच्चापदाथर्क खोज्नका लागि पर्याप्त कामदारको प्रयोग गर्नुपर्ने भएकाले सञ्चालनमा समस्या आएको बताइएको छ । करिब १५ केजी तेल बेचेपछि कच्चापदार्थको समस्या तथा उचित बजार नपाएका कारण समस्या आएको बताइएको छ । उत्पादन भएको तेल केटेश्वरको जडीबुटी कार्यालयमा बिक्री गर्ने गरिएको बताइएको छ ।
सिनले वन क्षेत्रमा पाइने अधिकांश जडीबुटीबाट तेल निकाल्न सकिन्छ । (सौस)

प्रतिक्रिया