गजुरमुखीमा पूर्णिमा मेलाको रमझम

इलाम, १३ मंसिर । इलाम जिल्लाको प्रसिद्ध धार्मिकस्थल गजुरमुखीधाममा पूर्णिमा मेला लागेको छ ।
परापूर्व कालदेखि कात्तिक पूर्णिमाका अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ शुरु भएको हो । मेलाको दोस्रो दिन आज बिहानैदेखि धाममा दर्शन, पूजापाठ गर्न र मेलाभर्न आउने भक्तजनहरुको घुईचो लागेको छ ।
धाम आसपासमा पाल टाँगेर अस्थायी टहराहरु निर्माण गरी होटल व्यवसायहरु सञ्चालन भईरहेका छन् ।

प्रतिक्रिया