चैतको एक गतेबाट एसएलसी

काठमाडौं, १३ मंसिर । २०६९ सालको प्रवेशिका अर्थात एसएलसी परीक्षा चैतको पहिलो साता देखि हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज गोरखापत्र दैनिकमा सार्वजनिक गरेको तालिका अनुसार चैतको १ गते शुरु हुने उल्लेख छ । परीक्षा विहान आठ बजेबाट शुरु हुने छ ।
पहिलो दिन एक गते विहीबार अनिर्वाय अंग्रेजी, दुई गते अनिवार्य नेपाली, चार गते अनिवार्य गणित, पाँच गते अनिवार्य विज्ञान, ६ गते अनिवार्य सामाजिक अध्ययन, ७ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, आठ गते प्रथम स्वयच्छिक तथा नौं गते ऐच्छिक द्वितीय विषय रहेको छ ।

प्रतिक्रिया