१८ वर्षका १८ परिवर्तन

१. व्यक्तिगत
म पहिलेदेखि नै फेसनमा सोखिन थिएँ । तल मोहरी ठूलो भएको जिन्स पाइन्ट, ठूला कान भएका अनि चारसिंगे जुत्ता लगाउँथेँ । १५ वर्ष जेलसहितको प्रवासी जीवन बिताएर फर्कंदा पनि मेरा यी सोखमा कुनै परिवर्तन भएको छैन ।
फरक यत्ति हो, उमेरले माग्ने फेसनअनुसार अहिले अलि भलाद्मी पहिरन लगाउँछु तर महँगा र टिपटप देखिने आकर्षक पोसाकको मोह उस्तै छ । भोगाइले मेरा थुप्रै सोचाइचाहिँ परिवर्तन गरिदिएको छ । पहिले भगवान् छन् जस्तो लाग्थ्यो । जीवन र जगत्लाई बुझेपछि ज्ञानको ढोका खुल्दै जाने रै’छ । अहिले, भगवान् कतै छैनन् भन्ने बुभेँm । तर, पितृको सम्झना र कुलको पूजा गर्न भने कहिल्यै छाडिनँ ।केटीहरूको फेसनमा चाहिँ मिनिस्कर्ट भित्रिएछ । उति बेला पाइन्ट लगाउने केटी भेट्टाउन पनि मुस्किल हुन्थ्यो । अहिले पाइन्ट सामान्य भएछ । फेसनका रूपमा मिनिस्कर्ट भित्रिएको मलाई मन पर्‍यो । यो पनि ग्लोबलाइजेसनको सबालमा ठूलै फड्को हो । यसले नारीहरूमा स्वतन्त्रता बढ्दै गएको झल्काउँछ ।
२. परिवार
एक वर्ष र छ महिना उमेरका छोराछोरी छाडेर जापान गएको थिएँ । अहिले उनीहरू हुर्किसकेछन् । बुबाआमा दुवै जना हट्टाकट्टा हुनुहुन्थ्यो उति बेला । म आउँदा बुबा स्वर्गे भइसक्नुभएको थियो । आमा वृद्ध भइसक्नुभएछ,  ८० वर्षकी  पुगिसक्नुभयो । श्रीमतीको शालीनताचाहिँ पहिलेको जस्तो पाएँ । उनको लवाइ–खवाइमा पनि कुनै परिवर्तन छैन । तर, म परदेशमा बन्दी हुँदा नेपालमा मलाई भन्दा बढी पीडा उनलाई भयो होला । उनको बुझाइमा धेरै परिपक्वता पाएँ अहिले । जीवन र जगत्लाई फरक दृष्टिकोणबाट बुझ्ने क्षमता उनमा विकास भएछ ।
३. सञ्चार
सञ्चारक्षेत्रमा त झनै ठूलो परिवर्तन भइसकेछ । सन् १९९४ को फेब्रुअरीमा मैले नेपाल छोड्नुअघि गीत सुन्नुपर्‍यो भने टेप रेकर्डर बजाउनुपथ्र्यो । वाकमेन सुन्नुपथ्र्यो । रेडियो नेपाल मात्रै बज्थ्यो, रेडियोमा । हाम्रो घरमा जापानबाट ल्याइएको रंगीन टेलिभिजन थियो उति बेलै, तर इलाममा नेपाल टेलिभिजनै आउँदैनथ्यो । पत्रिका एकदुईवटा मात्रै थिए । अहिले त टेलिभिजनै दर्जन पुगिसकेछन् । दैनिक पत्रपत्रिका पनि कति धेरै † अनलाइन समाचारसंस्थाको विकास भएछ । सञ्चारको यस्तो विकास देख्दा मलाई लाग्यो– मजस्ता विनाकसुर पीडित भएकाहरूको न्यायका लागि लड्ने माध्यम थुप्रै बनेछन् यहाँ ।
४. मोबाइल
जापान जाँदा २८ वर्षको थिएँ । ल्यान्डलाइन टेलिफोन मात्रै सर्वसाधारणको पहुँचमा थियो । मोबाइल के हो, नेपालमा थाहै थिएन । अहिले त मेरै घरमा दुई–तीनवटा ल्यापटप छन् । टिभी–मोबाइलको त कुरै नगरौँ । भीरपहरामा घाँस काट्न हिँड्नुपर्ने ग्रामीण दिदीबहिनीले पनि मोबाइलबाट आफ्ना कुरा बाँड्न पाउने सुविधाको विकास भइसकेछ ।
५. राजनीति
राजनीतिमाचाहिँ मलाई पहिल्यैदेखि चासो थिएन । त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए कि † तर, यकिन छैन । जापान गएपछिचाहिँ नेपालको राजनीतिबारे अलि धेरै बुझ्ने मौका पाएँ, विदेशमा रहँदा आफ्नो देशको चासो अझै बढ्दो रहेछ ।  जेलमा रहँदा नेपाली पत्रिका पढ्थेँ । तिनै माध्यमबाट नेपालमा राजाको शासन अन्त्य भएर गणतन्त्र आएको, संविधानसभा निर्वाचन भएको, माओवादी द्वन्द्व अन्त्य भएको थाहा पाएँ ।  अब, नेपालमा राजनीतिक स्थिरता हुने भयो भनेर खुसी लागेको थियो । तर, नेपालमा अझै स्थायी सरकार बन्न सकेको छैन । यसले देशलाई झन् कमजोर बनाउँछ । यत्तिका समयपछि पनि नेताहरूले यो कुरा किन नबुझेका होलान् भन्ने लागिरहन्छ ।
६. समाज
उति बेला दिनदहाडै व्यक्ति असुरक्षित हुने अवस्था थिएन । अहिले असुरक्षा बढेको पाएँ । समाचार हेर्दा कतै न कतै व्यक्ति लुटिएको, अपहरणमा परेको, तथा चोरीका घटना सञ्चारमाध्यमले फुकिरहेका हुन्छन् । बढ्दो राजनीतिक अस्थिरताकै कारण यस्ता घटना बढेजस्तो लाग्यो । हुन त उतिबेला सञ्चारमाध्यमबाट तत्काल जानकारी पाउने सुविधा नभएर पनि त्यस्तो लागेको हो कि ?
७. महँगी
पहिले राम्रा होटलमा पनि पाँच रुपियाँमा चिया पिउन पाइन्थ्यो । अहिले त त्यही चियालाई ४०/५० रुपियाँ तिर्नुपर्ने भएछ । महँगीले अकासै छोए भैँm भएछ । मैले त्यति बेला लगाउने राम्रो ब्रान्डका बोसिनी, रिवन, नाइकलगायत जुत्ता पाँच सय, हजारमा दुई जोडीसम्म पाइन्थ्यो । अहिले त हजार रुपियाँमा दुई मूठा तरकारी किन्न पनि मुस्किल भएछ ।
८. फेसन
यो अन्तरालमा फेसन क्षेत्रले चाहिँ खास प्रगति गरेजस्तो लागेन । उति बेला हामी अगाडिपट्टि लाक्षी आएको टोपी अनि आर्मीको जस्तो जुत्तामा पछाडि चाँदी ठोकेर लगाउँथ्यौँ । केटाहरू फेसन गरेर समूहमा हिँड्दा धेरै रमाइलो हुन्थ्यो । अहिले त कपाल पालेर अगाडि चुच्चो बढेको जुत्ता लगाएपछि केटाको फेसन हुने रहेछ । केटाहरूको फेसनमा केही नयाँपन लागेन । केटीहरूको फेसनमाचाहिँ मिनिस्कर्ट भित्रिएछ । उति बेला पाइन्ट लगाउने केटी भेट्टाउन पनि मुस्किल हुन्थ्यो । अहिले पाइन्ट सामान्य भएछ । फेसनका रूपमा मिनिस्कर्ट भित्रिएको मलाई मन पर्‍यो । यो पनि ग्लोबलाइजेसनको सबालमा ठूलै फड्को हो । यसले नारीहरूमा स्वतन्त्रता बढ्दै गएको झल्काउँछ ।
९. खानपिन
नेपाल आएपछि जो साथी देखे नि सबै भुँडे नै भुँडे । म त दंगै परेँ । खानपानमा बढेको रसायनको असर मानव स्वास्थ्यमा परिसकेछ । जापान जानुअघि हामी भैँसीको गोबरले करेसाबारीमा सप्रेको साग खान्थ्यौँ । रासायनिक मलको प्रयोग एकदमै कम थियो । अहिले त स्वस्थ खानेकुरा पाउनै मुस्किल रै’छ । सागसब्जीदेखि मासुसम्ममा रासायनिक मिसावट । रासायनिक मल, औषधिले स्वास्थ्यमा पार्ने असरबारे कसैलाई वास्तै छैन । डाइबिटिज, युरिक एसिड, ब्लडप्रेसर, किड्नीको समस्या नभएका व्यक्ति कुनै घरमा रहेनछन् । योचाहिँ सबैभन्दा दु:खद परिवर्तन रै’छ ।
१०. बिजुली
जापान जानुअघि घरमा पेट्रोम्याक्स, लालटिनबाट बत्ती बालिन्थ्यो । इलामबजारभरि एउटै मात्र जेनेरेटर थियो । तर, अहिले बिजुली गएको छ । तर के गर्नु लोडसेडिङले फेरि अवस्था उस्तै रहेछ, पेट्रोम्याक्सकै सहायता लिनुपर्ने ।
११. रोजगारी
नेपालमा गतिलो रोजगारी नपाउँदा आफन्तको साथ लिएर जापान गएको थिएँ । उति बेला पनि रोजगारीको सम्भावना न्यून थियो । अहिले रोजगारी त बढेको रै’छ तर बैदेशिक मात्रै । पहिले खाडी मुलुकमा नेपाली दाजुभाइ जाँदैनथे । अहिले त दिदीबहिनी पनि खाडी मुलुक पुग्न थालिसकेछन् । वैदेशिक रोजगारकै कारण गाउँगाउँमा मोबाइल फोन, टेलिभिजनलगायत विलासी साधन सम्भव भएको पाएँ । तर, नेपालमै रोजगारीका अवसर जन्माउने, सम्भावना खोजेर यहाँको विकासमा लागिपर्ने जनशक्ति र युवाचाहना घट्दै गएको रहेछ ।
१२. सवारीसाधन
१८ वर्षअघि नै काठमाडौंमा पनि हाम्रो घर थियो । काठमाडौंमै धेरै बस्थेँ । तर, यहाँको सडकमा धेरै जाम हुँदैनथ्यो । गाडी यति धेरै बढेका थिएनन् । महँगा मोडलका अन्तर्राष्ट्रिय ब्रान्डका चिल्ला कार कमै मात्रै देखिन्थे ।  कूटनीतिक नियोग, दूतावासलगायतमा काम गर्ने व्यक्ति तथा सभ्रान्त परिवारले मात्रै चिल्ला कार चढ्छन् भन्ने मान्यता थियो । तर, अहिले सामान्य मान्छेले पनि कार चढेर इन्टरनेसनल स्ट्यान्डर्डमा हिँड्ने गरेको पाएँ । नेपालको मध्यमस्तरीय वर्गको पनि क्रयशक्ति बढ्दै गएको प्रमाण होला यो ।
१३. होटल
ठमेलमा मात्रै राम्रा होटल थिए पहिले । अहिले त काठमाडौंका हरेकजसो गल्लीमा स्टारवाला होटल रहेछन् । इन्टरनेसनल शैलीका हाउजिङको चलन आएछ । स्तरीय सपिङ सेन्टर खुलेछन् । राम्राराम्रा महल बन्न थालेछन् ।
१४. चलचित्र
नेपाली फिल्म खुब हेर्थें । चिनो, कुसुमेरुमाल, हिजोआजभोलिजस्ता फिल्म खुब मन परेका थिए । भुवन केसी, करिस्मा मानन्धर, कृष्टि मैनाली मन परेका हिरोहिरोइन थिए । नेपाली मौलिकतामा आधारित चलचित्र हुन्थे पहिले । अहिले त नेपाली चलचित्र हेरेकै छैन भन्दा पनि हुन्छ । तर, रेखा थापा, विपना थापालगायत हिरोइनको चर्चा थाहा छ । टिभीमा देखेका विज्ञापन–प्रोमो, पत्रपत्रिकामा पढेका फिल्मी समाचारका आधारमा अहिले नेपाली चलचित्रमा मौलिकता हराएर हिन्दी चलचित्रको कपी भएको अनुमान मैले पनि गरेको छु । कलाकारितामा कपी पेस्ट कल्चर भित्रिनु राम्रो होइन ।
१५. पर्यटन
पहिले विदेशी पर्यटक अहिलेजस्तो छ्याप्छ्याप्ती हुँदैनथे यहाँ । पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएछ । मिडियाको विकासले
पारेको प्रभाव पनि होला सायद । नेपालमा नयाँनयाँ पर्यटकीय स्थानहरू खोजिएछन् ।
१६. फोहोर
धेरै कुरामा विकास भएको पाएँ । मान्छेको सोचाइमा पनि परिवर्तन आएको  छ । प्रविधि भित्रिएको छ । तर, सफा हुने संस्कार भने घट्दै गएको रहेछ । सहरीकरणसँगै बढेको फोहोर मिल्काउने केन्द्र सडक भएछ । सफासुग्घर हुँदा हुने फाइदा वा सफाइका संस्कार भने हामीले सिक्नै भ्याएका रहेनछौँ । २१औँ शताब्दीमा आएर पनि सफाइबारे चेतना नहुनुचाहिँ लाजमर्दो रहेको अनुभूति भयो मलाई ।
१७. विकास
थुप्रै क्षेत्रमा विकास पनि भएको रहेछ । गाउँगाउँमा सडक पुगेछ । पहिले सरकारी स्कुलमा टाई लाउनै पर्दैनथ्यो, अहिलेका त साधारण विद्यार्थी पनि टाई लाउँदा रहेछन् । बोर्डिङ स्कुल एकदमै कम थिए, अहिले त घरपिच्छेजसो खुलिसकेछन् । एसएलसी सकेपछि आइए पढ्न क्याम्पस जानुपथ्र्यो, अहिलेचाहिँ त्यही स्कुलबाट प्लसटु गर्न सकिँदो रहेछ । बैंक पनि कति हुन् कति † उहिले त उही राष्ट्र बैंक, वाणिज्य बैंक मात्रै देखिन्थे । स्वास्थ्यचौकी बढेछन् । गाउँका झिँगटीका घरलाई आधुनिक ढलानका पक्की घरले विस्थापित गरेछन् ।
१८. निर्णयक्षमता
यो अवधिमा मैले पनि आपैँmसँग सम्बन्धित एउटा महत्त्वपूर्ण कुरामा परिवर्तन ल्याएछु । घरायसी काममा आमाबुबाको निर्णयअनुसार चले पनि उति सामान्य निर्णयहरू म स्वविवेकमै गर्थें । तर, अहिले  सानो निर्णय पनि आमा र श्रीमतीको सल्लाहविना गर्दिनँ । राम्रो भए सँगै खुसी बाँड्न चाहन्छु । दु:खमा सँगै बसेर त्यसलाई बाँड्नुपर्छ भन्ने मैले जीवन भोगाइका क्रममा सिकेको महत्त्वपूर्ण ज्ञान हो ।
– प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया