दुर्घटनामा एकको मृत्यु, १५ यात्रु घाईते

बर्दिया, १२ मंसिर । बर्दियाको जिल्लाको कमलपुरमा आज भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने १५ यात्रु घाईते भएका छन् ।
राजापुर–नेपालगञ्ज सडक खण्डको गलरियास्थित कमलपुर गाउँमा भे १ ख ७६४ नम्वरको बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।
दुर्घटनामा १५ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सानोश्री–२ की ६० बर्षीया तुलीसरा बिक रहेको प्रहरी भनाई छ ।
कच्ची सडकमा क्षमताभन्दा बढि यात्रु भएका कारण बस पल्टिएको प्रहरी अनुमान छ ।

प्रतिक्रिया