हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

वीरगञ्ज, १२ मंसिर । बाराको सपही गाविसमा जंगली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट सपही–४ निवास ४५ बर्षीया देविका आचार्य र सपही–१ बस्ने भारत मुजफ्रपुरकी ४० बर्षीया शारदा शर्माको मृत्यु भएको ईलाका प्रहरी कोल्हवीका सहायक निरीक्षक सुरेन्द्र कुँवरले जानकारी दिए ।
हात्तीले स्थानीयको घरमा समेत क्षति पुराई दिएका छन् । हात्ती आए पछि स्थानीय भागेका थिए ।

प्रतिक्रिया