ट्रक दुर्घटनामा पाँच घाईते

पाँचथर, १३ मंसिर । पाँचथर जिल्लाको लालिखर्कमा ट्रक दुर्घटना हुँदा पाँच यात्रु घाईते भएका छन् ।
झापाबाट सामान लिएर आउँदै गरेको मे १ ख १५१५ नम्बरको ट्रक सोमबार राति मेची राजमार्गस्थित फिदिम–८, लालिखर्कमा दुर्घटना भएकोे हो । दुर्घटनामा पाँच जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।
बस सडकदेखि करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घाईते हुनेमा झापाको अनारमनी–३ का चालक सुवास भण्डारी, काँकडभिट्टाका सहचालक जीवन दवाडी, ताप्लेजुङ फुङलिङ्की दिलकुमारी सुव्वा, झापा अनारमनीकी गंगामाया तामाङ र ताप्लेजुङ नाङखोल्याङकी प्रमिला गौतमरहेका छन् ।

प्रतिक्रिया