बारको चुनाव २८ पुसमा

काठमाडौं : नेपाल बार एसोसिएसनको केन्द्रीय निर्वाचन आगामी २८ पुसमा हुने भएको छ । आइतबार बसेको बारको बैठकले आगमी २८ पुसमा निर्वाचन गर्ने निर्णय गरेको महासचिव विजय मिश्रले बताए ।
बैठकले निर्वाचनका लागि वरिष्ठ अधिवक्ता विनोदकुमार शर्मालाई प्रमुख निर्वाचन अधिकृत तथा अधिवक्ता लवकुमार मैनाली र रविराज भण्डारीलाई निर्वाचन अधिकृत तोकेको छ । करिब ७ हजार मतदाता संख्या रहेको नेपाल बार एसोसिएसनको प्रत्येक जिल्लामा मतदान केन्द्र रहने गरेको छ । यसैगरी, नेपाल बारले आगामी मंसिर २६ र २७ गते विराटनगरमा बारको भूमिका विषयक कार्यक्रम गर्ने भएको छ ।  (सौस)

प्रतिक्रिया