निकासका लागि बाटो खुला : ओली

काठमाडौं : एमाले नेता केपी शर्मा ओलीले राष्ट्रपतिको आह्वानले राजनीतिक निकासका लागि बाटो खुलेको बताएका छन् । स्वास्थ्योपचार गरी आइतबार भारतको नयाँदिल्लीबाट फर्केका नेता ओलीले राष्ट्रपतिले दिएको समय–सीमामै सहमतिको सरकार गठन गर्न दलहरू लाग्नुपर्ने बताए ।
‘राष्ट्रपतिले गरेको आह्वान सकारात्मक छ,’ ओलीले भने, ‘अब समय–सीमाभित्रै सहमतिमा पुग्न दलहरू सक्रिय हुनुपर्छ ।’ आफू मेदान्त अस्पतालमा उपचारपछि स्वस्थ्य भएर फर्केको उनको भनाइ थियो । ‘म पूर्णरूपमा स्वास्थ्य लाभ गरेर फर्केको छु,’ उनले भने, ‘मेरो स्वास्थ्यबारे चिन्ता राख्ने सबैप्रति आभारी छु ।’ (सौस)

प्रतिक्रिया