म नेपालको पहिलो फेसबुक युजर

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा रत्तिने नेपालीहरूको संख्या अहिले लाखौँ छ । विश्वभर फेसबुक प्रयोगकर्ता करोडौँको संख्यामा छन् । फेब्रुअरी २००४ मा लन्च भएको यो सामाजिक सञ्जालमा पहिलोचोटि एकाउन्ट खोल्ने नेपाली को होला ? स्वन्तिना शाक्य यसको जवाफ सहजै दिन्छिन्– नेपालमा पहिलोचोटि फेसबुक चलाउनेमध्येकी चाहिँ म पनि हुँ है † त्यसो त एउटा अनुसन्धानले उनलाई नै पहिलो नेपाली फेसबुक युजरका रूपमा दाबी गरेको छ । स्वन्तिना आफ्नो फेसबुक अनुभव सेयर गर्छिन् :
कहिलेदेखि फेसबुक चलाउन थाल्नुभयो ?
सन् २००६ अक्टोबर २६ देखि ।
फेसबुकबारे कसरी थाहा पाउनुभयो ?
अमेरिकामा साथीहरू थिए । उनीहरू फेसबुक चलाउँदा रहेछन्, उनीहरूले नै मलाई जानकारी दिए  ।
फेसबुकभन्दा अघि कुनै सामाजिक सञ्जाल चलाउनुहुन्थ्यो ?
हाइ फाइभ र अर्कुट चलाउँथेँ ।
फेसबुकको कुन पक्षले प्रभावित पार्‍यो त्यस बेला ?
सरल लाग्ने डिजाइनले ।
तपाईं फेसबुकको पहिलो नेपाली प्रयोगकर्ता हो भनेर कसरी दाबी गर्न सक्नुहुन्छ ?
मैले म पहिलो नै हुँ भन्दा नि पहिलोमध्येको एक हुँ भनेर भन्दै आइरहेकी छु । मेरो रिपोर्ट डट नेटले सर्वेक्षणपछि तयार गरेको रिपोर्टअनुसार म पहिलो नेपाली फेसबुक प्रयोगकर्ता हुँ ।
पहिलोचोटि फेसबुक चलाउँदा आउने समस्या कसरी हल हुन्थे ?
फेसबुक नै चलाउने विदेशी साथीहरूमार्फत सहयोग लिन्थेँ ।
आफू फेसबुकको पहिलो नेपाली प्रयोगकर्ता भएको थाहा पाउँदा कस्तो अनुभूति हुन्छ ?
पहिले त म अचम्ममा परेँ । म आपैँm टेक्निकल फिल्डमा काम गर्ने भएकोले नेपालमा यस क्षेत्रमा महिलाहरू पनि अगाडि छन् भन्ने सन्देश गएकोमा खुसी छु्र ।
कसलाई पहिलो फ्रेन्ड रिक्वेस्ट पठाउनुभयो ?
आइएस्सी पढ्दाको साथी रोशनी जोशीलाई ।
आफूले फेसबुक खाता खोलेपछि अरू कतिलाई रिफर गर्नुभयो ?
कन्ट्याक्टमा रहेका साथीभाइलाई नयाँ र रमाइलो प्ल्याटफर्म छ भनेर जानकारी दिलाएँ ।
तपाईंको एकाउन्टमा अहिले कति फ्रेन्ड छन् ?
यो अन्तर्वार्ता दिने बेलासम्म ७२० जना । बेला–बेलामा फ्रेन्ड लिस्ट क्लिन गर्ने गर्छु ।
अचेल दिनमा कति घन्टा फेसबुक चलाउनुहुन्छ ?
यति नै घन्टा भन्ने छैन तर कम्प्युटर अगाडि बस्दा एउटा ब्राउजरमा धेरैजस्तो फेसबुक खोलिरहन्छु । सायद ३/४ घन्टा दैनिक हुन्छु फेसबुकमा ।
पहिलो स्ट्याटस के राख्नुभएको थियो ?
सायद फोटो अपलोड गरेकी थिएँ ।
पहिलो कमेन्ट कसलाई गर्नुभयो ? के विषयमा थियो ?
वेलकम टु फेसबुक भनेर साथीले लेखेको थियो, त्यसैलाई रिप्लाई गरेँ ।
अचेल कतिकति समयमा स्ट्याटस अपडेट गर्नुहुन्छ ?
खाली समय हुँदा दिन को २/ ३ पटकजस्तो । नत्र दिनको एउटा ।
पहिलो च्याट कोसँग गर्नुभयो ?
प्रेरिता मानन्धरसँग जस्तो लाग्छ ।
फेसबुकबाट प्रेमसम्बन्ध पनि रह्यो कि ?
त्यस्तो भएन ।
फेसबुकबाटै नजिकको साथी कति बने ?
मेरो प्रेmन्डलिस्टमा ९० प्रतिशतजति चिनजानकै साथी छन् । पारिवारिक नातेदार, स्कुल, कलेज र काम गर्ने ठाउँका साथी बढी छन् ।  तर, फेसबुक चलाएदेखि पहिलेभन्दा बढी नजिक र एकअर्काबारे जानकारी भइरहन्छ । साथीहरूबीच निकटता र आत्मीयता बढेको महसुस हुन्छ ।
फेसबुकका रमाइला संस्मरण केही छन् ?
धेरै छन् ।  मन छोएको एउटा इन्सिडेन्ट– मेरो परीक्षा नजिक आएकोले फेसबुक डियाक्टिभ गरेकी थिएँ, देशविदेशबाट साथीहरूले के भयो होला भन्दै फोन, इमेल गर्न थाले । यसले मलाई केयर गर्ने साथी धेरै रहेछन् भन्ने अनुभूति भयो ।
प्रस्तुति : सरोज

प्रतिक्रिया