बहिर्गमितको बन्द फिर्ता

विराटनगर : बहिर्गमित जनमुुक्ति सेना नेपालले राजधानी केन्द्रित आन्दोलन गर्ने जनाएको छ ।
राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णयपछि बहिर्गमित जनमुक्ति सेना नेपालले शनिबार सुरु गरेको अनिश्चितकालीन नेपाल बन्द आइतबार मध्याह्न फिर्ता लिएको छ । सातादिनभित्रै राजधानी केन्द्रित आन्दोलन चर्काउने निर्णय गर्दै बन्दका सम्पूर्ण कार्यक्रम स्थगन गरिएको उक्त संस्थाका महासचिव सुनील लिम्बूले बताए । अयोग्यताको बिल्ला खारेज हुनुपर्ने, स्वेच्छिक अवकाशमा गएका पूर्वलडाकुसरह एकमुुष्ट आर्थिक प्याकेज पाउनुुपर्नेलगायत माग राखेर उनीहरूले अनिश्चित कालीन नेपाल बन्द घोषणा गरेका थिए ।
शनिबारदेखि दुई दिन पूर्वमा बन्दको आंशिक प्रभावमात्र परेको थियो । सार्वजनिक यातायातका साधन कम चले पनि बजार, शैक्षिक संस्था तथा अन्य कार्यालय सञ्चालन भएका थिए । बन्द उल्लंघन गरेको भन्दै बन्दकर्ताले झापाको तोपगाछीमा को १ ख २५२८ नम्बरको बसमा आगजनी गरेका थिए । (सौस)

प्रतिक्रिया