सिनर्जी राइजिङ स्टार थ्री सुरु

चितवन : मोफसलमा पनि गायन प्रतिभाको विकास गर्ने लक्ष्यका साथ सिनर्जी राईजिङ स्टार तेस्रो संस्करण शनिबार देखि सुरु भएको छ । मिस नेपाल श्रृष्टि श्रेष्ठले औपचारिक उद्घाटन गरेको कार्यक्रम जिल्लाकै पहिलो एफएम रेडियो सिनर्जीले आयोजना गरेको हो ।
कार्यक्रममा शिरिसविक्रम थापा र पपगायक कमल खत्रीले सांगीतिक प्रस्तुति पस्केका थिए ।  सिनर्जी राइजिङ स्टार थ्री को उपाधी बिजेताले नगद ५० हजारका साथै म्युजिक कम्पनी द रिबेल
क्रियसनको प्रायोजनमा एकल एल्बम बजारमा ल्याउने सुविधा पाउने छ ।  सिनर्जी एफएमको आयोजनामा यो तेस्रो संस्करण हो । पहिलो र दोस्रो संस्करणबाट मिलन श्रेष्ठ र अनामिका मल्ल क्रमश: राइजिङ स्टार वान र टू घोषित हुन सफल भएका थिए । (सौस)

प्रतिक्रिया