एमालेद्वारा राष्ट्रपति कदमको स्वागत

काठमाडौं, ९ मंसिर । विपक्षी दल एमालेले राष्ट्रपति डा.रामवरण यादवले सहमतीय सरकारका लािग गरेको आह्वानको स्वागत गरेको छ ।
पार्टी कार्यालयमा आज बसेको स्थायी समिति बैठकले ढिलै भए पनि राष्ट्रपतिले मुलुकलाई निकास दिन पहल गरेको टिप्पणी गरेको छ । उसले तोकिएकै समयमा सहमतिको सरकार बनाउनु पर्ने समेत उल्लेख गरेको छ ।
सहमतीय सरकारका लागि अन्य दलहरुसँग परामर्श गर्ने निर्णय गरेको एमालेले जनाएको छ ।
त्यसै गरेर मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न पोलिटव्युरोको बैठक समेत बोलाएको छ । बैठक मंसिरको १२ र १३ गते बोलाएको छ ।

प्रतिक्रिया