सरकार बनाउँन एकसाताको समय

काठमाडौं, ८ मंसिर ८ । राष्ट्रपति डा.रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार बनाउन दलहरुलाई आज आह्वान गरेका छन् ।
उनले एकसाता भित्र अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतिको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका हुन् । डा.यादवले दलहरुलाई मंसिर १४ गते भित्र सहमतिको सरकार बनाउन समय दिएका हुन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईले जेठ १४ गते संविधानसभा विघटन गरेर मंसिर ७ का लागि नयाँ निर्वाचन घोषणा गरेका थिए । यद्यपि भट्टराईले आफैले घोषणा गरेको निर्वाचन गराउन नसके पछि राष्ट्रपति डा.यादवले सहमति खोज्न दवाव दिदै आएका थिए ।
सहमतीय सरकार बनाउन आह्वान गरिएको राष्ट्रपति डा.यादवको पत्र संसद सचिवालय र सरकारलाई समेत पठाईएको छ ।

यसैबीच, एमाओवादीले राष्ट्रपतिको आह्वानको विरोध गरेको छ । उसले सहमतिको सरकार बनाउन भएको आह्वानलाई अन्तरिम संविधान विपरित रहेको टिप्पणी गरेको छ ।
विपक्षी दलहरुले भने राष्ट्रपतिले सहमतीय सरकार बनाउँन गरेको आह्वानको स्वागत गरेका छन् । कांग्रेस, एमालेलगायतका दलले सबै मिलेर मुलुकलाई निकास दिनुपर्ने जनाएका छन् ।

प्रतिक्रिया