अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रबीच किन विवाद बढेको हो ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रबीचको क्षेत्राधिकारका बारेमा कुनै विवाद भएको छैन । नेपालको अन्तरिम संविधान–२०६३ को धारा ११९, १२० र १२१ मा अदुअआका बारेमा स्पष्ट व्यवस्था गरिएको छ । र, यो संवैधानिक निकाय पनि हो । यसले भ्रष्टाचार नियन्त्रणका लागि दण्डात्मक, निरोधात्मक र प्रवद्र्धनात्मक रूपमा काम गर्छ । भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक छानबिन गरी गिरफ्तार गरी थुनामा पनि राख्न सक्ने अधिकार अदुअआसँग रहेको छ । तर, सतर्कता केन्द्रले यीमध्ये दण्डात्मकको काम गर्न सक्दैन । प्रधनमन्त्रीको प्रत्यक्ष नियन्त्रणमा रहने सतर्कता केन्द्र पनि भ्रष्टाचार नियन्त्रणकै लागि स्थापना गरिएको निकाय हो । सतर्कता केन्द्रले सरकारी निकायमा भइरहेका कामकारबाहीको अनुगमन गरी भ्रष्टाचार नियन्त्रणका लागि नीति नियमअनुरूप सरकारलाई सल्लाह र सुझाव दिने काम गर्छ ।

प्रतिक्रिया