भाग्न खोज्दा “गु” मा चिप्लिएँ

म बाल्यकालमा मर्न आँट्याजस्तो लुते बच्चो थिएँ । कमजोर भएपछि सबैको अगाडि मायालाग्दो बनेर बस्नुपर्दो रहेछ । लड्ने क्षमता नै नभएपछि साथीभाइसँग झगडा गर्ने आँट कहाँबाट आओस् † बरु, साथीहरू मलाई स्कुलमा खाजा दिन्थे, आपैँm पैसा हालेर सिनेमा हेर्न लैजान्थे ।
मान्छे सानो भए पनि चोर्नमा चाहिँ साहै्र तगडा थिएँ । छुकछुके स्वभावको थिएँ ।  घरभित्र फलफूल चोर्थें । खैनी खाने बानी लागेको थियो । पैसा नभएपछि खैनी पनि चोर्नैपर्ने । कहिलेकाहीँ पसलबाट खैनी चोर्थें । अनि त्यसैलाई बेचेर फिल्म हेर्ने खर्च जुटाउँथेँ । खैनी चोर्न नपाउँदा बाटोमा फालिएका चुरोटका ठुटा टिपेर सल्काउँथेँ ।
कक्षामा बस्दा पनि मुखमा खैनी हुन्थ्यो । तीन कक्षामा पढ्थेँ, सरले एक दिन खैनी खाएको पत्तो पाउनुभएछ । नराम्ररी चुटाइ भेटेँ । सरले लठ्ठीले हातमा हान्दा झन्डै कट्टुमै पिसाब फुस्किएको । त्यसपछि खैनीको लत छुट्यो, कविता लेख्नतर्फ हौसिएँ । पढाइमा मध्यम भए पनि कवितामा थुप्रै पुरस्कार पाउँथेँ ।
सिनेमा हेर्न पनि उत्तिकै सौखिन थिएँ तर गरिब परिवार भएकाले पैसा जुटाउनै मुस्किल । सधैँ साथीभाइको भर पर्ने कुरो पनि भएन । नौ वर्षको थिएँ, साथमा पैसा थिएन । साथीभाइले पनि दिएनन् । आफूलाई भने जसरी पनि सिनेमा हेर्नु थियो । शनिश्चरेस्थित सिनेमा हलपछाडिको सानो दुलोबाट चिहाएर फिल्म हेर्दै थिएँ । भित्रबाट कसैले प्याच्च थुक्यो । आँखैमा खकार पर्‍यो । आँखा हेर्न नसकेर रन्थनिँदै हलको पछाडि जाँदै थिएँ, केही गिलो चिजमा चिप्लिएर पछारिएँ । दुवै हात त्यही गिलो चीजमा टेकिए । उठेर हेरेको त हातखुट्टाभरि गु नै गु पो रै’छ । नजिकैको सार्वजनिक इनारमा गएर पानी निकाल्दा बाल्टी, डोरी सबैमा त्यही दिसा लतपतिएछ । भोलिपल्ट टोलभरि हल्ला भइगो । यति गाली खाइयो नि, सहन निकै गाह्रो पो पर्‍यो त ।
बाल्यकालका सुखद क्षण त मसँग नगण्य मात्रै छन् । सबैभन्दा धेरै दु:ख पाउनेमध्येमा म पनि पर्छु होला । गरिब परिवारमा जन्मिएँ । खान/लाउनै समस्या थियो । त्यसमाथि, १५ वर्षको हुँदा बुबा बित्नुभयो । घरको व्यवहार भद्रगोल भएपछि छरछिमेकले पनि हेप्ने रहेछन् । अहिले पनि सम्झिन्छु– बुबाको निधन भएका दिन हामीसँग लास उठाउन आवश्यक सामग्री जुटाउने पैसा पनि थिएन । उपाय नभेटेर रुँदै बसिरहेका थियौँ । त्यति बेला नै छिमेकका एक व्यक्ति आइपुगे । आशा पलायो– सहयोगका लागि आएका होलान् † बुबाको निधनअघि नि आइरहन्थे । उनले त आमासँग यसो पो भने– ‘तिम्रा बूढाले मसँग दुई सय रुपियाँ ऋण लिएका थिए । उनी त गइहाले, अब तिमीले तिर्नुपर्छ । कहिले तिर्छौ ?’ हामी सबै नाजवाफ भयौँ ।  (वार्तामा आधारित)
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया