झापामा थप ६ जनामा डेङ्गु

झापा, ७ मंसिर । झापाको काँकडभिट्टामा डेङ्गु रोग लागेको बिरामीको संख्या २६ पुगेको छ ।
बुधबार एकै दिन थप ६ जनामा डेङ्गु रोगको संक्रमण फेला परेको हो ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.गरिबदास ठाकुरसहितका विशेषज्ञ टोलीले झापामा उपचारका लागि पुगे पनि खासै उपलब्ध हुन सकेको छैन ।
काँकडभिट्टामा असोज ७ गते स्थानीय युवक विशाल गौतम संक्रमित भएको पुष्टि भएयता थप २५ जनामा रोगका बिरामी देखिएका छन् ।

प्रतिक्रिया