देउवाको कार्यक्रमस्थलमा सकेट बम

कैलाली, ६ मंसिर । बझाङ जिल्लामा पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता शेरबहादुर देउवाले सम्बोधन गर्न तयार गरिएको कार्यक्रमस्थलमा आज सकेट बम फेला परेको छ ।
नेता देउवाले बिहीबार सुनकुडा उच्चमाविमा हुन लागेको पार्टीको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सुनकुडा उच्चमाविको प्राङ्गणमा अज्ञात समूहले राखेको सकेट बम फेला परेको प्रहरीले जनाएको छ ।
बझाङ क्षेत्र नम्बर–२ ले बृहत् आमसभाको तयारी गरिरहेका बेला बम फेला परेको हो । सकेट बमलाई सुरक्षाकर्मीको टोलीले निष्कृय बनाएको छ ।
मञ्चको नजिकै सकेट बम फेलापरेपछि कांग्रेस कार्यकर्ताहरुले प्रहरीलाई खबर गरेको बझाङ प्रहरी प्रमुख नायव उपरीक्षक उदय तामाङले जानकारी दिए ।
बमसँगै राष्ट्रियताको संरक्षण गरौं, राजा आउँ देश बचाउ भन्ने नारा लेखिएको पर्चा फेला परेको छ ।

प्रतिक्रिया