अध्यादेश जारी नहुँदै सरकारलाई मसाल

काठमाडौं, ५ मंसिर । सरकारले दुईतिहाई बजेट जारी गर्न राष्ट्रपति समक्ष अध्यादेश सिफरिस गरे लगत्तै विरोध शुरु भएको छ ।
नेपाल विद्यार्थी संघले बजेट अध्यादेश र संविधानसभाको म्याद वैशाख सम्म सार्ने सरकारी निर्णयको विरोध गर्दै मंगलबार बेलुका राजधानीमा प्रदर्शन गरेको हो । विरोधमा पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि मसाल जुलुस प्रदर्शन गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
उनले सरकारले सहमति विपरित ल्याएको अध्यादेश बजेटको विरोधमा मुलुकभरि प्रदर्शन गर्ने चेतावनी दिए ।
नेविसंघले मसाल जुलुस प्रशर्दन गरे पछि पुतलीसडक क्षेत्रको यातायात व्यवस्था प्रभावित भएको थियो ।

प्रतिक्रिया