बजेटमा विपक्षीहरुको बिरोध यथावत

काठमाडौं, ५ मंसिर । सरकारले दुईतिहाई अध्यादेश बजेट जारी गर्न राष्ट्रपतिको कार्यालयमा पठाएको छ ।
राष्ट्रपति डा.यादवलाई बजेट अध्यादेश बुझाउन प्रधानमन्त्री बाबुराम भट्टराई, अर्थमन्त्री बर्षमान पुन र मुख्य सचिव लीलामणि पौडेलले राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।
सरकारले तीन खर्व ६३ करोड १० लाख ४० हजारको दुईतिहाई बजेट मन्त्रिपरिषद्बाट पारित गरेर जारी गर्न राष्ट्रपति समक्ष पठाएको प्रधानमन्त्रीका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए ।
उता, विपक्षी दल कांग्रेस, एमालेलगायत १८ दलले सरकारले ल्याएको बजेटको विरोध गरेका छन् । उनीहरुले काठमाडौंमा आज गरेको कार्यक्रममा बजेटको विरोध गरेका हुन् । उनीहरुले सहमति विपरित आएको बजेटलाई आफूहरुले नमान्ने जनाएका छन् ।

प्रतिक्रिया