दैलेख, २ मंसिर । दैलेख जिल्लाको कटी गाविसस्थित मामा घरमा तिहार मनाउन आएकी जाजरकोट जिल्लाकी एक दलित बालिकालाई प्रहरी जवान सिंहबहादुर रावतले जवरजस्ती करणी गरेका छन् ।
जाजरकोट जिल्ला मजकोट–४ घर भई हाल जिल्ला प्रहरी कार्यलय बर्दियामा कार्यरत जवान रावतले जाजरकोटकै मजकोट–६ बस्ने १४ वर्षीया कमला नेपाली (नाम परिवर्तन) लाई करणी गरेको दैलेखका प्रहरी नायव उपरीक्षक सुदर्शन थापाले जानकारी दिए ।
जाजरकोट घर भए पनि ३९ वर्षीय रावत सुर्खेत बस्दै आएका छन् । उनले दैलेखको बेस्तडा बजारस्थित शेरबहादुर बस्नेतको होटलमा बालिकालाई शुक्रबार राति बलाकृत गरेको नायव उपरीक्षक थापाले बताए ।
रावतलाई आजै जिल्ला प्रहरी कार्यलयमा ल्याएर मेडिकल गरी आवश्यक छानबिन शुरु गरिएको थापाले उल्लेख गरे । प्रहरी जवान प्रहरी रावत हिरासतमा रहेका छन् । सर्वसाधारणको सुरक्षाका लागि खट्टिने प्रहरीनै बालिकालाई बलात्कार गरे पछि स्थानीयहरु आक्रोशित भएका छन् ।
प्रतिक्रिया