‘कृषि अर्थतन्त्र फड्को मार्ने चरणमा’

काठमाडौं, १ मंसिर । प्रधामन्त्री बाबुराम भट्टराईले देश यतिवेला परम्परागत निर्वाहमुखी कृषि अर्थतन्त्रबाट आधुनिक औद्योगिक अर्थतन्त्रमा फड्को मार्ने चरणमा रहेको बताएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विज्ञान र प्रविधिको तीव्र विकासविना युगीन परिवर्तन सम्भवै नरहेको बताए । ‘अव हामीले मुखले मात्र होईन व्यवहारमा नै विज्ञान र प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता दिएर देश विकासको सापेक्षतामा आवस्यक नीति र कार्ययोजना निर्माण गर्नुपर्दछ,’ उनले भने ।
उनले कृषि, ऊर्जा, स्वास्थ्य, संचारलगायत उच्च प्राथमिकताका क्षेत्रमा विज्ञान र प्रविधिको प्रयोगलाई विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।
देशको स्रोत र साधनको समुचित सदुपयोग एवं देशको वास्तविक समस्या समाधान बारे आफनो सोंच विचार तथा क्रियाकलापलाई परिलक्षित गर्नु सबैलाई प्रधानमन्त्री भट्टराईले आग्रह गरे ।
उनले देशका वैज्ञानिक प्राविधिज्ञहरूलाई समाहित गर्दै अहिलेसम्मका सीमा र कमजोरीहरुको समीक्षा गरेर राष्ट्रविकासको चुनौतीपूर्ण कार्यमा निरन्तर क्रियाशील रहन आग्रह पनि गरे ।

प्रतिक्रिया