हात्तीको आक्रमणबाट मृत्यु

चितवन, ३० कात्तिक । चितवनको माडीमा आज हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय बुद्धि अधिकारी रहेका छन् ।
मडी गर्दीको पाण्डव नगरमा घरनजिकै बाटोमा हिँडिरहेका अधिकारीलाई निकुञ्जबाट निस्किएको हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
आक्रमण पछि अधिकारीको घटनास्थलमै मृत्युभएको थियो । हात्तीको आक्रमणबाट अन्य दुईजना घाइते भएका छन् ।

प्रतिक्रिया